PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

रोकिएन सुन तस्करीः ३ करोड मूल्य बराबरको अवैध सुनसहित एक पक्राउ



पहिलोपोस्ट

रोकिएन सुन तस्करीः ३ करोड मूल्य बराबरको अवैध सुनसहित एक पक्राउ

काठमाडौँ :  प्रहरीले ६  किलो सुनसहित एकलाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले आइतवार दिउँसो सुनसहित एक मानिस पक्राउ गरिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। 

सिन्धुपाल्चोक घर भएका २३ वर्षीय तेन्जिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो। तामाङले बा ९५ प ८१६४ नम्बरको पल्सर बाइकमा सुन लुकाएर भारत ल्यैजान लागेको प्रहरीको दावी छ।


परिसरको टोलीले शक्रवार तीन किलो सुनसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। पक्राउ पर्नेहरुमा भारतीय नागरिक दीपक कुमार मार्रे र महेन्द्रनगर भिमदत्त नगरपालिकाका मनोज विक, असोक सिंह, संजना शाह लगाए रहेका थिए। 

भारतीय नम्बर युके ०२४६८४ को  गाडीको एयर फिल्टरमा सुन राखिए महेन्द्रनगर हुदै भारत लग्न लागिएको थियो। छ किलो सुनको मूल्य ३ करोड  रुपैयाँभन्दा बढी पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell