PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोके र आसपासले पेनाल्टी चुकाउँदा २०१० को च्याम्पियन स्पेन बाहिरियो, आयोजक रसिया पहिलो पटक क्वाटरफाइनलमा

कोके र आसपासले पेनाल्टी चुकाउँदा २०१० को च्याम्पियन स्पेन बाहिरियो, आयोजक रसिया पहिलो पटक क्वाटरफाइनलमा

पहिलोपोस्ट /पहिलोपोस्ट


सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ।

घरेलु मैदानमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १-१ को बराबरीमा रोकिएपछि पेनाल्टीसुटआउटबाट खेलको निर्णय भएको हो। जहाँ स्पेनका कोके र इयागो असपास गोल गर्न असफल भए। दुवैको पेनाल्टी प्रहार रसियाका गोलकिपर अकिनफिभले बचाए। आसपासको पेनाल्टी गोलकिपर अकिनफिभले ढलिसकेका बेला खुट्टाले छेकेर बचाएका थिए। 

रसियाका लागि स्मोलोभ, इग्नासोभिक चेरिसेभ र गोलोभिनले गोल गरे। स्पेनका इनेष्टा, पिके र रामोसले मात्र गोल गरे।

रसियाले अब क्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

मस्कोस्थित लुजनिकी स्टेडियममा रसियाका सर्गेई इग्नासेभिचले आफ्नै पोस्टमा गोल गरेपछि स्पेनले १२औँ मिनेटमै घरेलु टोली विरुद्ध अग्रता बनाएको थियो।

तर रसियाले पहिले हाफमै बराबरी गोल फर्कायो। ४१औँ मिनेटमा अर्टेम ज्युबाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो।

निर्धारित समयमा स्पेनले बारम्वार आक्रमण गरेपनि गोल गर्न भने सकेन।

खेल अतिरिक्त समयमा गएपछि विश्वकप फुटबलको इतिहासमै पहिलो पटक फोर्थ सब्स्टिच्युसनको प्रयोग पनि यही खेलमा भयो। फिफाको नयाँ ल अफ गेम अनुसार अतिरिक्त समयमा खेल पुगेको खण्डमा चौथो वैकल्पिक खेलाडी प्रयोग गर्न पाउनेछ।

९७औँ मिनेटमा डालेभ कुज्याभको स्थानमा रसियाले अलेक्जान्डर येरोदखिनलाई मैदान उतार्दै चौथो वैकल्पिक खेलाडी खेलायो। यस्तै स्पेनले पनि १०४औँ मनेटमा मार्को असेन्सिओको स्थानमा रोड्रिगोलाई चौथो वैकल्पिक खेलाडीको रुपमा खेलायो।



ट्रेन्डिङ पोस्ट

Ncell