PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

गोलकिपर सुबासिसले ३ पेनाल्टी रोकेपछि क्रोएसिया क्वाटरफाइनलमा, डेनमार्क ३-२ ले पराजित



पहिलोपोस्ट

गोलकिपर सुबासिसले ३ पेनाल्टी रोकेपछि क्रोएसिया क्वाटरफाइनलमा, डेनमार्क ३-२ ले पराजित

गोलकिपर ड्यानिएल सुबासिसले पेनाल्टीसुटआउटमा ३ पेनाल्टी रोकेपछि क्रोएसिया डेनमार्कलाऐ ३-२ ले पराजित गर्दै रसिया विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

क्रोएसियाले अब आयोजक रसियासँग क्वाटरफाइनलमा खेल्नेछ। रसियाले स्पेनलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेलमा १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

जसमा क्रोएसियाका किपर नायक बन्दै डेनमार्कका क्रिस्टियन एरिक्सकन, लास सोएन र निकोलाई जोरगेनसनका पेनाल्टी रोके।

क्रोएसियाका लागि आन्द्रे क्रामारिक, कप्तान लुका मोडरिक र इभान राकिटिकले गोल गरे। क्रोएसियाका मिलान बालेज र जोसिप पिभारिकको पेनाल्टी डेनिस किपरले रोकेका थिए।

डेनमार्ककका लागि सिमोन केजार र माइकल क्रोहनले मात्र गोल गरे।

त्यसअघि खेलको पहिलो मिनेटमै एम माथिएस जोर्गेनसँले गोल गर्दै डेनमार्कलाई पहिले अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समयमा टिक्न पाए। मारियो मान्डुकिचले चौथो मिनेटमै क्रोएसियाका लागि बराबरी गोल गरे। अतिरिक्त समयमको अन्त्यतिर क्रोएसिया जित नजिक पुगे पनि कप्तान मोडरिकको पेनाल्टी प्रहार डेनमार्कका किपर क्यास्पर सेमिकले रोकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell