PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

प्रचण्ड स्वदेश फर्किए



पहिलोपोस्ट

प्रचण्ड स्वदेश फर्किए

काठमाडौँः पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किएका छन्।

यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फ प्रस्थान गरेका दाहाल पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्किएका हुन्। ‘वाटर थेरापी’ र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ।

चिकित्सकको सुझाव अनुसार सीताको थप उपचारका लागि उनी सिंगापुर गएका हुन्। चिकित्सकले सिंगापुरको एमटी एलिजाबेथ अस्पतालमा सीताको उपचार गराउन सुझाव दिएका थिए।

अध्यक्ष दाहाललाई स्वागत गर्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेतृ पम्फा भुसाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell