PahiloPost

May 15, 2026 | १ जेठ २०८३

लहानमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु



पहिलोपोस्ट

लहानमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नंको ट्रकको ठक्करबाट साइकलयात्री धनुषाको सबेला नगरपालिका–७ निवासी २५ वर्षीय नरेशकुमार महराको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका महरालाई उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell