PahiloPost

May 15, 2026 | १ जेठ २०८३

तीन वर्षपछि टोकियोमा गुञ्जदै नेपथ्य



पहिलोपोस्ट

तीन वर्षपछि टोकियोमा गुञ्जदै नेपथ्य

काठमाडौं: तीन वर्षअघि टोकियोको कामदास्थित एप्रिकोट हलमा नेपथ्यको कन्सर्ट भएको थियो। टुरमा रहेका बेला नेपालमा भूकम्प गयो र पूर्व निर्धारित काम छोडेर ब्याण्डले भूकम्प पीडितलाई समर्पित कार्यक्रम सम्पन्न गरेर फर्कियो।

नेपाल फर्कदै गर्दा भनेका थिए,'योपटक यस्तै पर्‍यो। समवेदना साटियो। अर्कोपटक खुशी साट्न आउँछौं।'

सोही ठाउँमा नेपथ्य फेरी पुग्ने भएको छर। जुलाइको सात तारिख शनिबार राजधानी टोकियोस्थित ‘टोकियो डोम सिटी हल’मा नेपथ्यका सर्वकालीक हिट गीतहरु गुञ्जिने भएका छन्। ‘बब डिलन’, ‘कोल्ड प्ले’ र ‘मिस्टर बिग’ जस्ता कलाकारहरुले प्रस्तुती दिइसकेको त्यस हलमा ‘स्टेट अफ दी आर्ट साउण्ड सिस्टम’ जडित छ जसबाट निस्केका आवाजलाई अझ विशेष बनाउन ‘साउण्ड एब्जर्बिङ अकोस्टिक वाल’ लगाइएको बताइयो।

जापान कन्सर्ट बारे अमृत गुरुङ भन्छन्,'टिकट काटेका औंलामा गन्नसकिने दर्शकहरुलाई फर्काउन नमिल्ने भएपछि खाली हलमै कन्सर्ट गरेका थियौं', थप्छन्,'प्रस्तुतिका निम्ति गएका सदस्यहरु उतै बसिदिएपछि ब्याण्ड झण्डै विघटनकै अवस्थामासमेत पुगेको थियो।'

 अहिले जापानमा नेपाली र नेपथ्यका दर्शक धेरै भएको उनको दाबी छ। कन्सर्टलाई ‘गोरेटो प्रोडक्शन’ले आयोजना गरेको हो।

जापानको यो पछिल्लो भ्रमणमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell