PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सोमबारदेखि 'रोड सेफ्टी फिल्म महोत्सव' सुरु



पहिलोपोस्ट

सोमबारदेखि 'रोड सेफ्टी फिल्म महोत्सव' सुरु

काठमाडौं: सोमबारदेखि काठमाडौंमा 'काठमाडौं रोड सेफ्टी फिल्म महोत्सव' सुरु भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसनको प्रमुख आयोजनामा सडक सावधानी सम्बन्धी फिल्महरु देखाइन लागेको हो।

दुई दिन लामो फेस्टिभलमा १० मिनेटसम्म लामा २ दर्जन फिल्म देखाइने आयोजकले बताएका छन्। निर्णायकले उत्कृष्ट ठहर गरेको तीन फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै फेस्टिभलमा विदेशी फिल्म मध्येको उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिने बताइएको छ।

ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलको सहकार्य रहेको महोत्सवमा अन्य वृत्तचित्र, अन्तरक्रिया र प्रदर्शन समेत हुनेछ। महोत्सव सोमबार र मंगलबार नेपाल पर्यटन बिकास बोर्डमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell