
काठमाडौं: चलचित्र विकास बोर्डको १८ औं वार्षिक उत्सव सम्पन्न भएको छ। बोर्डले वार्षिक उत्सव समारोहमा आफ्ना भावी कार्य योजना समेत प्रस्तुत गरेको छ।
बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागु गर्ने बोर्डले जनाएको छ। त्यस्तै राष्ट्रिय चलचित्र विकास नीति लागु गर्ने बोर्डको तयारी छ। नेपालको पहिलो फिल्म 'आमा' र पहिलो रंगिन फिल्म 'कुमारी'लाई डिजिटलाइजेसन गरेसंगै पुनः प्रदर्शन गर्ने तयारीमा छन्।
सुचना तथा संचार प्रविधि मन्त्री गोकूल बासकोटाको प्रमूख आतिथ्यसमा सम्पन्न कार्यक्रममा फिल्म 'पंचायत' र 'अग्नी दहन'लाई पुरस्कार प्रदान गर्यो। दुइ फिल्मले विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख रुपैया पाउने बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन्।