PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

पोखराबाट 'बोबी: लाइभ कन्सर्ट - नेपाल टुर' सुरु



पहिलोपोस्ट

पोखराबाट 'बोबी: लाइभ कन्सर्ट - नेपाल टुर' सुरु

काठमाडौं: फिल्म 'बोबी'को मोफल प्रचार सुरु भएको छ। 'बोबी: लाइभ कन्सर्ट - नेपाल टुर' शिर्षकमा असार १८ मा पोखराबाट प्रचार सुरु भएको हो।

टुरमा गायक राजेशपायल राई, टिभी सिरियल 'भद्रगोल' टिमबाट कक्रोज र बलेका साथ कलाकार/विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र 'बोबी'का मुख्य पात्र कविता गुरुङ/उमेश थापा सहभागी हुनेछन्। निर्देशक मिलन चाम्स सहितको टिमको टुर  असार २६ गते भक्तपुरमा टुंगिनेछ।

पोखरापछि १९ गते चितवन, २० गते हेटौंडा, २१ गते इटहरी, २१ गते धरान, २२ गते दमक, २२ गते बिर्तामोड हुँदै २५ गते काठमाडौंको बिजी मल, ललितपुरको लगनखेल, २६ गते किर्तिपुरमा टुर हुने निर्देशक चाम्सले बताए।

फिल्म भने असार २९ देखि प्रदर्शनमा आउने छ। प्रेम कथामा आधरित फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा बनेको छ। फिल्ममा उमेश र कवितासँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell