PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

वीरगंज डुबानमाः ग्रामीण यातायात बन्द, दर्जन गाउँ जोखिममा



राधेश्याम पटेल

वीरगंज डुबानमाः ग्रामीण यातायात बन्द, दर्जन गाउँ जोखिममा

वीरगंज: गए रातिदेखि अविरल रूपमा भएको वर्षाको कारण वीरगंज आसपासका क्षेत्रहरू जलमग्न बनेका छन्। 

पर्सामा श्रीसिया खोला, भेडहा खोला, ओरिया खोला भलुवाही खोला र खसिकटा खोलामा आएको बाढीले एक दर्जन गाउँ डुबानमा परेका छन्।

पर्सा कालिकामाई गाउँपालिका भिस्वाका चन्द्रभुषण पाण्डेका अनुसार ओरिया खोलामा आएको बाढीले जयमंगलापुर, चेरगाहा, टिहुकी, झलमहिया, सम्भौता, मिर्जापुर, सवारीलगायतको गाउँ बाढीको चपेटामा परेको बताएका छन्।

खोलाको पानीले गाउँ वरपरको खेत डुबानमा पर्नुको साथै सडक पनि डुबानमा परेका छन्।  त्यसै गरी पर्साको एकटागा खोलामा आएको बाढीले एकटागा गाउँ बाढीको उच्च जोखिममा परेको रंगपुरबाट पत्रकार प्रमोद यादवले जानकारी दिए। 

उनका अनुसार रंगपुर-मानवा सडक पनि ठाउँठाउँमा बाढीको पानीले अवरुद्ध हुँदा यातायात ठप्प भएको छ। रंगपुर नजिकै खोलामा बाढी आउँदा बाट पैदल यात्री समेत जान सकेका छैनन्।

यसैबिच पटेर्वासुगौली गाउँपालिकाको मोर टोल,पटेरवा,सुगौली पनि बाढीले डुबानमा  परेको पटेर्वाबाट मनोज चौधरीले बताए। यता, वीरगन्ज महानगरको आधा दर्जन भन्दा बढी वडा डुबानमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell