
प्रिमियर लिग क्लब लिभरपुलसँग मोहमद सलाहले पाँच वर्षको नयाँ सम्झौता गरेका छन्। २६ वर्षीय इजिप्टियन स्टारले एनफिल्ड क्लबका लागि पहिलो सिजनमै क्लबका लागि ५२ खेलमा कीर्तिमानी ४४ गोल गरेका थिए।
उनी गत सिजन इटाली क्लब रोमाबाट ३४ मिलियन पाउण्डमा एनफिल्ड पुगेका थिए।
नयाँ सम्झौतापछि अब सलाह सन् २०२३ सम्म लिभरपुलमै रहनेछन्। तर उनको रिलिज क्लज भने तोकिएको छैन।
'यसले दुई विषयको बारेमा स्पष्ट पार्छ एउटा लिभरपुलप्रति उनको विश्वास अनी उनीप्रती हाम्रो विश्वास।’ लिभरपुलका म्यानेजर योर्गेन क्लबले भनेका छन्।
गत सिजन सलाहले प्रिमियर लिगमा सर्वाधिक ३२ गोल गर्दै गोल्डेन बुट जितेका थिए। सलाह प्लेअर अफ दि सिजन समेत घोषित भएका थिए।
यस्तै उनको उत्कृष्ट प्रदर्शनले नै उनलाई पीएफए प्लेअर अफ दि इअर अवार्ड र फुटबल वाइटर्स एशोसिएसनको फुटबल अफ दि इअर अवार्ड दिलाएको थियो।