PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

रसियासँग हारेपछि स्पेनका कप्तान रामोसले भने : पराजित हुँदा पनि स्पानिस हुनुमा अझ बढी गर्व छ, चार वर्षपछि कतारमा पनि खेल्नेछु



पहिलोपोस्ट

रसियासँग हारेपछि स्पेनका कप्तान रामोसले भने : पराजित हुँदा पनि स्पानिस हुनुमा अझ बढी गर्व छ, चार वर्षपछि कतारमा पनि खेल्नेछु

आयोजक रसियासँग प्रिक्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेन विश्वकपबाट बाहिरिसकेको छ। स्पेनका लेजेन्ड्री खेलाडी आन्द्रेज इनेष्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन्।

यता ३२ वर्षिय स्पेनका कप्तान सर्जियो रामोसले आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने र खैरो दार्‍हीसहित भएपनि २०२२ मा हुने विश्वकपमा खेल्ने बताएका छन्।

रियल मड्रिडलार्इ च्याम्पियनस लिग जिताउन अहम भूमिका खेलेका रामोस २०२२ मा ३७ वर्षका हुनेछन्।

'म स्पेनका लागि अझै धेरै वर्ष खेल्न चाहन्छु किनभने म असाध्यै ठूलो पिडामा घर फर्कदैछु। म कतारमा जानेछु, चाहे मेरो दार्‍ही खैरो बनाउन किन नपरोस्,’ उनले भने।

ट्वीटरमा लेख्दै रामोसले भनेका छन् ’यसले धेरै दुख्छ, तर कसैले शंका नगरे हुन्छ कि हामी फेरि फेरि प्रयास गर्नेछनौं। कोही जान्छन् र अरूहरू आउनेछन् तर विश्वास र सम्मानका साथ हामी सबै मिलेर यो सर्टको रक्षा गर्नेछौं। पराजय हुँदा पनि मलाई स्पानिस हुनुमा अझ बढी गर्व छ।’
 

२००५ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सर्जियो रामोसले स्पेनबाट १५६ खेलमा १३ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell