
काठमाडौं : बलिउड फिल्म 'सञ्जु' वितरक र काठमाडौंका मल्टिप्लेक्सबीच वार्ता मिलेको छ। वितरक र मल्टिप्लेक्सबीच सोमबार बसेको बैठकमा वितरक आफ्नो मागबाट पछि हटेसँगै दुइपक्षले मिलेर अघि जाने निर्णय गरेका हुन्।
क्यूएफएक्सका सिइओ रोशन अदिगाले सहुलियतमा नै 'सञ्जु' देखाउने निर्णय भएको बताए। उनले भने 'जे पहिला भैइरहेको थियो। त्यसरी नै 'सञ्जु' देखाउने। तर भविष्यमा वितरकहरुका हितका लागी टिकेट सहुलियतमा दुई दिनबाट एकदिन गर्नुस भन्ने अनुरोध आयो।'
कसले हार्यो कसले जित्यो भन्ने होइन यो। तर हामीले पनि पछि हेर्छौं भन्ने कुरा गरेका छौं। 'सञ्जु'को लागि समस्या भएन' थपे।
भोलीका दिनमा यस विषयमा मल्टिप्लेक्सका सबै बसेर छलफल गर्ने उनले बताए। अहिले मल्टिप्लेक्सका सबै हलहरुमा 'सञ्जु' प्रदर्शनका लागी राखिएको छ। यसअघि 'सञ्जु' वितरकले मल्टिप्लेक्सले दिंदै आएको टिकेट सहुलियतमा छुट नगर्न माग गरेपछि लफडा भएको थियो।
तर सिइओ रोशन भने टिकेट सहुलियतमा वितरकलाई नै फाइदा हुने बताए। उनका अनुसार सामान्य सो मा ६० प्रतिशत दर्शक अकुपेन्सी रहे पनि, टिकेट सहुलियतले १०० प्रतिशत दर्शक अकुपेन्सी बढ्ने गरेको उनले बताए। वितरक पक्षले यो कुरा नबुझेका कारण वार्ता लम्बिएको थियो। तर उनीहरुले वितरकलाई यस विषयमा कन्भिन्स गरिसकेका छन्।