PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

ब्राजिलले बनायो विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान



पहिलोपोस्ट

ब्राजिलले बनायो विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान

पाँच पटकको च्याम्पियन ब्राजिलले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लाएको छ। रसिया विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा मेक्सिकोविरुद्ध २ गोल गर्दै ब्राजिलले सर्वाधिक २२८ गोल गर्ने कीर्तिमान बनाएको हो।

यस विश्वकपमा ७ गोल गरिसकेको ब्राजिलले २२६ गोल गरेको जर्मनीलाई पछि पारेको हो। चार वर्ष अघि ब्राजिलमै भएको विश्वकप सेमिफाइनलमा जर्मनीले ब्राजिललाई नै ७ गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएको थियो।

मेक्सिको विरुद्ध खेल्नुअघि जर्मनी र ब्राजिलको नाममा समान २२६ गोल थियो। खेलको ५१औँ मिनेटमा नेमारले गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान ब्राजिललको नाममा बनाइकसेका थिए। खेल सकिनु दुई मिनेट अगाडि नेमारकै पासमा वैकल्पिक खेलाडी रोवर्टो फर्मिनोले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए।

ब्राजिलले विश्वकपमा इटलीले भन्दा १०० तथा अर्जेन्टिनाले भन्दा ९७ गोल बढी गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell