PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

इतिहास दोहोर्‍याउने राकिटिकको लक्ष्य



पहिलोपोस्ट

इतिहास दोहोर्‍याउने राकिटिकको लक्ष्य

क्रोएसियाले समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनालार्इ ३-० ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्‍यो। तर अन्तिम १६ को खेलमा क्रोएसियाले सोही प्रदर्शन देखाउन सकेन। ड्रामाले भरिएको खेलमा पेनाल्टी सुटआउटमा डेनमार्कलार्इ पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलसम्म पुग्न सफल भयो।

बेल्जियम, उरुग्वेसहित क्रोएसिया मात्र समूह चरणमा कुनै खेलमा पराजित नहुँदै अन्तिम १६ मा पुगेको हो। तर क्रोएसियाका मिडफिल्डरहरुले डेनमार्कजस्तो मजबुत विपक्षीका सामु सोचे अनुरुप प्रदर्शन गर्न सकेनन्।

क्रोएसियाका गोलकिपर ड्यानिएल सुबासिसले साइमन जाएर, लास सोएन र निकोलाइ जर्गेनसनको पेनाल्टी रोकेर टोलीका नायक बने। १२० मिनेटको संघर्षपछि इभान राकिटिकले गरेको अन्तिम पेनाल्टी प्रहार सफल भएपछि क्रोएसिया विजयी भयो।

'जब म अन्तिम पेनाल्टीका बारेमा सोच्दै थिए, म मेरी श्रीमती र छोरीहरुका बारेमा सोच्दै थिए।' राकिटिकले भने 'उनले मलार्इ भनेकी थिइन् की अन्त्यमा म नै निर्णायक हुनेछु। यो मेरो करियर कै सबैभन्दा भावनात्मक खेल थियो।'

राकिटिक र उनको टोलीसँग १९९८ मा क्रोएसियाले हासिल गरेको सफलतासम्म पुग्न वा त्यो भन्दा राम्रो गर्न सक्ने अवसर रहेको छ। १९९८ विश्वकपमा क्रोएसिया तेस्रो भएको थियो।

'फ्रान्समा १९९८ मा भएको विश्वकपमा सहभागी खेलाडीहरु हाम्रा लागि आदर्श हुन्।' राकिटिकले भने 'उनीहरुले हामीलार्इ हामी हिड्ने बाटो देखाएका छन् तर अहिले हामीले त्यो बिर्सनु पर्छ। यो हाम्रो लागि दबाब हुनु हुदैन, हामीले यो विश्वकपको मज्जा लिनुपर्छ। अबको २० वर्षपछि बालबालिकाहरुले हाम्रो बारेमा कुरा गरेको देख्न चाहन्छु।'

लुका मोडरिकले एक्स्ट्रा टाइममा पाएको पेनाल्टीलार्इ सफल बनाउन सकेनन् र खेल १-१ को बराबरीमा टुंगियो। तर राकिटिकले अन्तिम समयमा गोल गरी उक्त घाउमा मलम लगाए। 'यदि रोबर्ट प्रोसिनेकीले लुका मोडरिक क्रोएसियका उत्कृष्ट खेलाडी हो भनेका छन् भने, त्यो सत्य हो।' राकिटिक भन्छन् 'क्रोएसियामा उनी भन्दा राम्रो फुटबल बुझ्ने अरु कोही छैनन्।'

'तर लुका मोडरिक मैदानमा उत्कृष्ट मात्र होइनन् उनी एकदमै असल व्यक्ति पनि हुन्। हामीसँगै एउटै टोलीमा रहनु र स्पेनविरुद्ध उनीसँगै खेल्न पाउनु खुसीको कुरा हो। उनी हाम्रा लिडर हुन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell