PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

रसिया विश्वकपमा आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल : स्वीडेन vs स्वीट्जरल्याण्ड, कोलम्बिया vs इंगल्याण्ड



पहिलोपोस्ट

रसिया विश्वकपमा आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल : स्वीडेन vs स्वीट्जरल्याण्ड, कोलम्बिया vs इंगल्याण्ड

रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप अन्तिम आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल हुँदैछन्। क्वाटरफाइनलमा स्थान बनाउन अल युरोपियन खेलमा स्वीडेन र स्वीट्जरल्याण्ड बेलुकी ७: ४५ बजे भिड्दैछन् भने १९६६ यता पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको इंग्ल्याण्डले कोलम्बियासँग खेल्दैछ।

यी दुई खेलको विजेता नै क्वाटरफाइनलमा भिड्नेछन् र त्यसको विजेता आयोजक रसिया vs क्रोएसियाको विजेतासाग सेमिफाइनल खेल्नेछ। यो पोलबाट यीमध्ये एक टिम फाइनलमा पुग्नेछ।

स्वीडेन समूह एफ को विजेता तथा स्वीट्जरल्याण्ड समूह ई को उपविजेता बन्दै अन्तिम १६ पुगेको हो। यस्तै दषिण अमेरिकी राष्ट्र कोलम्बिया समूह एच को विजेता तथा इंग्ल्याण्ड समूह जी को उपविजेता हादै प्रिक्वाटरफाइनल पुगेको हो।

यस्तै अर्को पोलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम क्वाटरफाइनलमा भिड्नेछन्। त्यसबाट एक टिम फाइनल पुग्नेछ।

दाबेदार मानिएका राष्ट्रहरु साविक विजेता जर्मनीसहित २ पटकको विजेता अर्जेन्टिना र एक पटकको विजेता फ्रान्स भने विश्वकपबाट बाहिरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell