PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

बाढी पूर्वानुमान शाखाको अपिलः 'मध्य र पूर्वी भूभागमा बुधबारसम्म सतर्क रहनु'



पहिलोपोस्ट

बाढी पूर्वानुमान शाखाको अपिलः 'मध्य र पूर्वी भूभागमा बुधबारसम्म सतर्क रहनु'

काठमाडौँः जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले देशको मध्य र पूर्वी भागका नागरिकलाई सतर्क रहन अपिल गरेको छ। 
आज देशको पूर्वी तथा मध्य भूभागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान अनुसार वर्षातबाट ठूला नदी तथा खोलानालामा पानीको बहाव खतराको तहभन्दा माथि पुग्ने सम्भावना रहेको भन्दै शाखाले सतर्क रहन अपिल गरेको हो। 

बुधबारदेखि सक्रिय मनसुन कमजोर हुने बताइएको छ। 

शाखाका अनुसार बिहान ६ बजेसम्म प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहेको छ । 

झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, रौतहटसहितका तराईका जिल्लामा नदीमा बहाव बढ्ने अनुमान छ। यस्तै, हिमाली र पहाडी जिल्लाहरूमा पनि नदीमा पानीको बहाव बढ्ने अनुमान छ। इलाम, ताप्लेजुङ, धनकुटा, ओखलढुङ्गा, दोलखा, सोखुखुम्बु लगायतका हिमाली र पहाडी जिल्लाका खोलानालामा पानीको बहाव खतराभन्दा माथि पुग्ने अनुमान शाखाको छ। मध्याह्नपछि कन्काई, कमला, बागमती नदीमा बहाव खतराको तह बढ्ने अनुमान छ।


महाशाखाले पर्सिसम्म उच्च हिमाली, पहाडी र तराईका जिल्लाहरूमा कुनै पनि बेला नदीमा पानीको बहाव खतरा तहभन्दा माथि पुग्नेसक्ने भन्दै सतर्क रहन अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell