PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सल्यानमा तरकारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु



पहिलोपोस्ट

सल्यानमा तरकारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

सल्यानः सल्यानमा तरकारी बोकेको पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकअप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ भने घाइते चौधरीको अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ। गाडी सडकदेखि करीब १०० मिटर तल खसेको छ। गाडी के कारणले पल्टियो त्यसबारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell