PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

बेल्जियमलाई विश्वकपको क्वाटरफाइनल पुर्‍याउने त्यो ४० सेकेण्ड, हेर्नुस् भिडियोमा



पहिलोपोस्ट

बेल्जियमलाई विश्वकपको क्वाटरफाइनल पुर्‍याउने त्यो ४० सेकेण्ड, हेर्नुस् भिडियोमा

रोस्तोभ अन डनमा जापान र बेल्जियमबीच भएको खेल दर्शकका लागि थ्रिलर त थियो नै अन्तिममा गएर जापानका लागि हरर साबित भयो।

मध्यान्तरसम्म बिना कुनै गोल बराबरीमा टुङ्गिएको खेलमा असली ड्रामा मध्यान्तरपछि भयो। मध्यान्तरको तेस्रो मिनेटमा नै हारागुचीले गोल गरी जापानलाई अग्रता दिलाए। बेल्जियमले तत्काल जवाफी आक्रमण गरेको थियो तर पोलमा ठोक्किएर बल फर्कियो। त्यसको चार मिनेटमै फेरि गोल भयो तर बेल्जियम हैन जापानबाट। ताकाशी इनुइले ५२ औँ मिनेटमा गोल गरे।

अब जापान २-० ले अगाडि भयो। सन् १९६० यता विश्वकपमा कुनै पनि टोलीले नकआउट चरणमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पार्न सकेको थिएन।

फिफा वरीयतामा तेस्रो स्थानमा रहेको बेल्जियमविरुद्ध जापानको अग्रतालाई कम गरे ६९औँ मिनेटमा जान भर्टोनगनले। उनले गरेको लुपिङ हेडर प्रतियोगिताभर शानदार बचाउ गरेका गोलकिपरलाई समेत छक्याउँदै पोस्टभित्र छिर्‍यो। स्कोर थियो जापान २ बेल्जियम १।

पहिलो गोल गरेको चार मिनेट बल्ल भएको थियो। खेल ७४ औँ मिनेटमा चल्दै थियो। हाजार्डले एउटा गजबको पास पोस्ट नजिकै फाले जसलाई जापानी डिफेन्समाथिबाट उठेर माराउने फेलिइनीले हेड गरी पोस्टतिर प्रवेश गराए। जापानी गोलकिपरले त्यसलाई रोक्ने अवसर नै पाएनन्।


अन्तिम मिनेटमा नसम्हालिँदा हार

निर्धारित ९० मिनेटको खेल पनि बराबरी भएको थियो। त्यसपछि थपिएको ४ मिनेटको इन्जुरी टाइमको पनि ४० सेकेण्ड मात्र बाँकी थियो। जापानले फ्रि किक पायो। त्यो फ्रि किकलाई बेल्जियन किपरले जोगाएपछि कर्नर पायो जापानले। कर्नर पनि सफल नभएपछि गोलकिपरले चलाखीपूर्ण रुपमा बल आफ्ना खेलाडीलाई पास गरे। जापानी खेलाडी र डिफेन्स सम्हालिनै पाएका थिएनन्। त्यहीँ निर सबभन्दा ठूलो गल्ती भयो। नासेर चादलीले बललाई अघि बढाउँदै पोस्टमा छिराए। बेल्जियमको तर्फबाट दुई गोल वैकल्पिक खेलाडीहरुले गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell