PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

मिटरमा चल्न नमान्ने २२ ट्याक्सी नियन्त्रणमा



पहिलोपोस्ट

मिटरमा चल्न नमान्ने २२ ट्याक्सी नियन्त्रणमा

पोखराः पोखरामा मिटरमा जान नमान्ने २२ वटा ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरूमा मिटरमा जान नमानी बार्गेनिङ गर्दै सर्वसाधारणसँग बढी भाडा लिने २२ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए।

सोमबार प्रहरीले पोखराका विभिन्न स्थानबाट अनुगमनको क्रममा मिटरमा नचली बार्गेनिङकै भरमा सर्वसाधारणसँग बढी भाडा लिएको भेटिएपछि ट्याक्सी नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका ट्याक्सीलाई जरिवानासहित आवश्यक कारबाही गरिने डिएसपी गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell