PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

स्थगित भएको त्रिविको सिनेट बैठक साउन ५ गते



पहिलोपोस्ट

स्थगित भएको त्रिविको सिनेट बैठक साउन ५ गते

काठमाडौँः त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ।

गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा बैठक स्थगित भएको थियो। सिनेट नबस्दा आंशिक प्राध्यापकको स्थायी प्रक्रिया, दरबन्दी मिलान, वार्षिक कार्यक्रम, सार्वजनिक खरिद ऐन अनुकूल त्रिविको नियमावली संशोधनलगायत विषय टुंगो लाग्न सकेको छैन।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले त्रिवि दिवसको सन्दर्भमा झण्डोत्तोलनसहित वार्षिक ग्रेसलिष्ट स्वीकृतिका लागि सिनेट बस्न लागेको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell