PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

काठमाडौंको धुलो र धुँवाले दिक्क बनायो जुहीलाई



पहिलोपोस्ट

काठमाडौंको धुलो र धुँवाले दिक्क बनायो जुहीलाई

काठमाडौं :  नेपाल घुम्न आएकी बलिउड अभिनेत्री जुही चावलाले काठमाडौंमा धुँवा, धुलो, ध्वनी प्रदुषण रहेको बताएकी छिन्। पछिल्लो समय उनले बौद्ध स्तुपा भ्रमणका तस्विर सार्वजिक गरेकी थिइन्।

उनले काठमाडौं घुम्दाका तस्विरहरु राख्दै समाजिक सञ्जाल टुइटरमा लेखेकी छिन् 'काठमाडौं धेरै धुवाँ, ट्राफिक, डिजेल र पेट्रोलको गन्धले भरिएको छ। जसले गर्दा हामीले हाम्रो मुख छोप्नु पर्‍यो। यहाँका सर्वसाधारण मास्क लागएर हिँड्ने गर्छन्।' तस्विरमा उनले रुमालले मुख छोपेकी देखिन्छिन्।

उनले काठमाडौं घुम्दै गरेका अन्य तस्विर पनि सामाजिक सञ्जालतर्फ राखेकी छिन्। जुही बलिउडकी चर्चित अभिनेत्री हुन्। उनी अभिनित नयाँ फिल्म 'एक लड्कीको देखा तो' प्रदर्शनको तयारीमा छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell