काठमाडौं : फिल्म 'बोबी'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। मुख्य कलाकार उमेश थापा र कविता गुरुङ फिचर्ड 'अरे सुन' बोलको गीतमा ताराप्रकाश लिम्बुको शब्द/संगीत रहेको छ।
गीतमा गायिका प्रविशा अधिकारी र संगीतकार ताराप्रकाशको स्वर छ। गीतको भिडियोमा नवराज कृष्ण थापाको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र बनिष शाहको सम्पादन छ।संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको कथामा बनेको फिल्ममा वास्तविक कथाका वास्तविक पात्रहरुको अभिनय छ।
मिलन चाम्स निर्देशित फिल्ममा उमेश र कवितासँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट लगायतको अभिनय छ।चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ असार २९ देखी प्रदर्शन हुनेछ।