PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

रसियामा विश्वकप, नेपालमा जुवा : लाखौ  रुपैयाँसहित समातिए तीन युवक



पहिलोपोस्ट

रसियामा विश्वकप, नेपालमा जुवा : लाखौ  रुपैयाँसहित समातिए तीन युवक

काठमाडौं : विश्वकपमा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमवार साँझ तीन जनलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

पक्राउ पर्नेहरुमा २२ वर्षीय रेजिन महर्जन, २५ वर्षीय सुजन शाही र प्रकट महर्जन रहेका छन्। रेजिनका साथबाट ४ लाख ५० हजार रुपैयाँ र प्रकटको साथबाट २ लाख ३९ हजार रुपैयाँ समेत बरामद गरेको छ।

उनीहरुले विभिन्न अनलाइन मार्फत् स्पेन, अर्जेन्टिन, जापान, ब्राजिल लगायतका देशहरुमा बिट लगाएको अनुसन्धानमा देखिएको एसएसपी पोखरेलले बताए।

जेठ ३१ गतेबाट रसियामा भइरहेको विश्वकपमा सट्टेबाजी हुने भएकाले गोप्यरुपमा प्रहरी परिचालन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell