PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

खेल हारेपछि प्रयोग गरेको ड्रेसिङ रुम सफा गर्न भ्याए जापानीले, रसियन भाषामै लेखे धन्यवाद पत्र



पहिलोपोस्ट

खेल हारेपछि प्रयोग गरेको ड्रेसिङ रुम सफा गर्न भ्याए जापानीले, रसियन भाषामै लेखे धन्यवाद पत्र

रसियाको रोस्तोभ अन डन स्टेडियममा भएको खेलमा बेल्जियमले एसियाली पावर हाउस जापानलार्इ पराजित गर्यो। ९० मिनेटको खेलसम्म २-२ को बराबरीका रहेको खेलमा नासेर चाड्लीले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेपछि जापानलार्इ ३-२ ले पराजित गर्दै बेल्जियम रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको हो।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमसँग अन्तिम समयमा पराजित हुँदा जापानी खेलाडी र समर्थकहरु रुँदै थिए। एकले अर्कालार्इ सान्तवना दिँदै पनि। तर, पराजित जापानले रोस्तोभ अन डन स्टेडियमबाट फर्कनुअघि भने सबैका लागि एक उदाहरणीय काम गरेको छ।
जापानी खेलाडीहरुले आफूले प्रयोग गरेको ड्रेसिङ रुम पूर्णरुपले सफा गर्दै विश्वकपबाट बिदा भए। साथै जापानी टोलीले रसियन भाषामा धन्यवाद लेख्दै एक पत्र पनि छाडेर गएका छन्। 

यस्तै स्टेडियममा रहेका जापानी समर्थकहरुले आफ्नो टोली पराजित भएपछि स्टेडियममा रहेका फोहोर सफा गरेका थिए। समूह चरणका खेलहरुमा जापानको खेलपछि मैदानमा रहेका कामदारहरुलार्इ फोहोर संकलन गर्न सहयोग गरेका जापानी समर्थकहरु आफ्नो टोली विश्वकपबाट बाहिरिँदा समेत स्टेडियम र ड्रेसिङ् रुप सफा गर्दै विश्वकपबाट सबैको मन जित्दै फिर्ता भएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell