PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

टी-२० इन्टरनेशनलमा फिन्चले तोडे आफ्नै कीर्तिमान : जिम्बावेविरुद्ध एकै खेलमा १७२ रन, सर्टसँग कीर्तिमानी साझेदारी



पहिलोपोस्ट

टी-२० इन्टरनेशनलमा फिन्चले तोडे आफ्नै कीर्तिमान : जिम्बावेविरुद्ध एकै खेलमा १७२ रन, सर्टसँग कीर्तिमानी साझेदारी

अष्ट्रेलियन क्रिकेट आरोन फिन्चले टी-२० इन्टरनेशनल क्रिकेटको एकै खेलमा सर्बाधिक रन बनाउने आफ्नै कीर्तिमान तोडेका छन्।

कप्तान फिन्चले मंगलवार जिम्वावे विरुद्ध १७२ रन बनाउँदै यसअघि आफ्नै नाममा रहेको १५६ रनको कीर्तिमान सुधार गरे।

पाकिस्तानसहितको टी-२० सिरिज अन्तर्गत जिम्बावेको हरारेमा भएको खेलमा फिन्चले अन्तिम ओभरमा हिट विकेट हुनुअघि ७६ बल खेल्दै १६ चौका र १० छक्का प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा आफैँ विकेटलाई हानेर आउट भए।

दुई बल बाँकी छदा फिन्चले क्रिस गेलको नाममा रहेको १७५ रनको कीर्तिमान नजिक पुगेका थिए। टी-२० क्रिकेटमा सर्वाधिक रन वेष्टइन्डिजका क्रिस गेलले आइपीएलमा रोएल च्यालेन्जर्स बैंगोलोरबाट खेल्दै १७५ रन बनाएका थिए।

यस्तै फिन्चले पहिलो विकेटका लागि डि आर्च सर्टसँग २२३ रनको साझेदारी गर्दै टी-२० इन्टरनेशनलमा अहिलेसम्मै उच्च साझेदारीको कीर्तिमान बनाए।

फिन्च टी-२० इन्टरनेशनलमा दुई पटक १५० रन बनाउने पहिलो खेलाडी समेत बनेका छन्।

फिन्चको शानदार ब्याटिङ मद्दतमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२९ रन बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell