PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

अवार्डमा संकलित रकम अशोक दर्जीको घर बनाउन सहयोग



पहिलोपोस्ट

अवार्डमा संकलित रकम अशोक दर्जीको घर बनाउन सहयोग

गीत गाएको भिडियो युट्युबमा सार्वजिनक भएपछि चर्चामा आएका अशोक दर्जीको घर निर्माणका लागि सहयोग संकलन भइरहेको छ। घर निर्माण अभियान अन्तर्गत अवार्ड एवं सांस्कृतिक कार्यक्रममा संकलन भएको १ लाख ८५ हजार ३ सय १५ रुपैँयामध्ये ४० हजार रुपैँया अशोक दर्जीलाई हस्तान्तरण गरिएको छ।  

संगीतकार टंक बुढाथोकीले दर्जी परिवारका लागि घर बनाइदिने बताएपछि सहयोगार्थ कार्यक्रमहरु आयोजना भइरहेका छन्।

असार ८ गते दुबईमा सम्पन्न भएको जर्नलिजम अवार्ड कार्यक्रम आयोजकले रकम दर्जीको खातामा जम्मा गराएको हो।

‘सहभागीहरुले इच्छा अनुसार दिएको रकम अशोकको ट्रष्टमा जम्मा गराएका हौं। मनोरञ्जनसँगै सामाजिक कार्य गर्न पाउँदा खुशी लागेको छ,’ अवार्ड आयोजक मणिराज गौतमले बताए। कार्यक्रमलाई न्यू मिडिया एकेडेमीले आयोजना गरेको थियो। 

कार्यक्रममा मनोज गोर्खाली, भीम अधिकारी, मदन अधिकारी लगायतले प्रत्यक्ष ३० हजार रुपैँया सहयोग गरेका थिए। गौतमका अनुसार दुबईमा रहेका नेपाली समुदायले सहयोग जुटाउने क्रम जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell