PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

बौद्ध-जोरपाटी सडकमा चक्काजामको घोषणा, सडक नबन्दा हेर्नुस् यस्तो छ हाल

बौद्ध-जोरपाटी सडकमा चक्काजामको घोषणा, सडक नबन्दा हेर्नुस् यस्तो छ हाल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : लामो समयदेखि सडक निर्माण नभएको भन्दै चाबहिल-जोरपाटी, जोरपाटी-सुन्दरीजल, जोरपाटी-साँखु खण्डको सडकमा चक्का जामको घोषणा भएको छ। समता मानव अधिकार तथा नागरिक समाजले २०७२ सालदेखि सम्झौता गर्ने ठेकेदारले हालसम्म काम नगरेको भन्दै बाटो बन्द गर्ने निर्णय गरेको हो।

असार २० गते वुधबार चक्काजाम गर्ने घोषणा भएको हो।  

जनताको स्वास्थ्यमा प्रभाव पार्नेगरी निर्माण कार्य रोकिएको भन्दै दवाव दिन चक्का जामको घोषणा भएको हो। पानी पर्दा हिलो र घाम लाग्दा धुलोको सिकार हुनुपरेको भन्दै आन्दोलनमा स्थानीय उत्रिएका हुन्।

गत शुक्रबार र शनिबार यस क्षेत्रका स्थानीयले सडकमा उत्रिएर सडक निर्माणका लागि दवाव दिन कार्यक्रम गरेका थिए। शुक्रबार सडक कविता वाचन गरिएको थियो भने शनिबार विरोध सभाको आयोजना भएको थियो। यस खण्डमा सडकको हाल यस्तो छ हेर्नुस्:
 


ट्रेन्डिङ पोस्ट

Ncell