PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

ह्यारी केनको नजर कोलम्बिया विरुद्ध जित र गोल्डेन बुट



पहिलोपोस्ट

ह्यारी केनको नजर कोलम्बिया विरुद्ध जित र गोल्डेन बुट

ह्यारी केन रसिया विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले पानामाविरुद्ध ह्याट्रिक र ट्युनिसिया विरुद्ध दुर्इ गोल गरेका छन्। दुवै खेलमा इंग्ल्यान्ड विजयी भएको थियो। तर समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डसँग बेल्जियम पराजित भयो। सो खेलमा ह्यारी केन खेलेका थिएनन्। सर्वाधिक ५ गोलसहित उनी गोल्डेन बुटका प्रमुख दाबेदार हुन्।

रसियामा उत्कृष्ट प्रदर्शन गरेका केनको धेरै प्रशंसा भइरहेको छ। इंग्ल्यान्ड फुटबल टोलीका पूर्व मिडफिल्डर जेमी रेडकन्यापले त ह्यारी केनलार्इ 'हाम्रो मेसी, हाम्रो रोनाल्डो' भनेका थिए।

२४ वर्षिय ह्यारी केन इंग्ल्यान्ड फुटबल टोलीका कप्तान पनि हुन्। आउने खेलहरुमा गोल गर्दै गए केनले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरुको सूचीमा नाम लेखाउन पक्कै सफल हुनेछन्।

सर्वाधिक गोलकर्ताको उपाधीबारे केन भन्छन् 'त्यो उपाधी जित्नु त शानदार हुनेछ। तर मुख्य प्राथमिकता भनेको अगाडी जानु हो। तर यदि मैले र टोलीले नै राम्रो खेल्यो भनें, म गोल गर्नेमा आशावादी छु। बाँकी कुरा आफै मिल्नेछ।'

कोलम्बियासँगको खेलमा केन गोल गर्ने अवसर चुकाउन चाँहदैनन्। 'कोलम्बियामा फाल्काओ र रोड्रिगेज जस्ता उत्कृष्ट एट्याकिङ खेलाडी भएता पनि आशा छ कि हामी नै धेरै संभावनाहरु सिर्जना गर्नेछौं।' केनले भने, 'हामीलार्इ थाहा छ कि हामी यसमा रहनु पर्छ। तर हामीले अहिलेसम्म केही ठूलो एट्याकिङ फुटबल खेलेका छौं।'

इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेको थियो। १९९० देखि इंग्ल्यान्डले दुर्इ नक-आउट चरणमा मात्र विजय भएको छ। उसले २००२ मा डेनमार्क र २००६ मा इक्वेडरलार्इ पराजित गरेको थियो। २८ वर्षअघि सेमिफाइनलमा पुगेको इंग्ल्यान्डका लागि फेरी इतिहास रच्ने मौका रहेको बताउँछन् केन।

'यही नै लक्ष्य हो। हामी र हाम्रा समर्थकहरुलार्इ थाहा छ कि धेरै वर्ष देखि हाम्रो रेकर्ड राम्रो छैन। त्यसैले हामी त्यो परिवर्तन गर्ने प्रयास गर्नेछौं।'

नक-आउट चरण भएकाले केन र उनको टोलीका लागि इंग्ल्यान्डको पेनाल्टी सुटआउटमा रहेको कमजोरी सुधार्नुपर्ने चुनौति रहेको छ। त्यसका लागि इंग्ल्यान्डको टोली ग्यारेथ साउथगेटमा प्रशिक्षण गरिरहेको छ। तर ‘थ्री लायन्स’को नेतृत्व गरिरहेका केन भन्छन् 'हामीले त्यसका लागि केही काम गरेका छौं। तर पेनाल्टी सुटआउट हुँदा १२० मिनेट खेलेर खेलाडीहरु थाकिसकेका हुन्छन्। त्यसैले मानसिक र शाररिकरुपमा त्यो परिस्तिथि धेरै भिन्न हुनेगर्छ।'

यदी ह्यारी केनले रसियाबाट गोल्डेन बुट जितेर फर्केको खण्डमा उनले १९८६ मा गेरी लिनिकर र १९९६ युरोमा एलान सेएररको प्रदर्शनलार्इ छाँयामा पार्दै इंग्ल्यान्डको उत्कृष्ट स्ट्राइकर बन्ने छन्।

ह्यारी केन टोटनह्याम हट्स्परबाट व्यावसाहिक फुटबल खेल्दै आएका छन्। उनले इंग्ल्यान्डका लागि २६ खेलमा १८ गोल गरिसकेका छन्।

आज बेलुकी ११:४५ मा ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डले कोलम्बियाको सामना गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell