PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

स्वीडेन २४ वर्षपछि क्वाटरफाइनलमा, फोसबर्गको निर्णायक गोल

स्वीडेन २४ वर्षपछि क्वाटरफाइनलमा, फोसबर्गको निर्णायक गोल

पहिलोपोस्ट /पहिलोपोस्ट


सन् १९५८ मा फाइनलसम्म पुगेको युरोपियन राष्ट्र स्वीडेन २४ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। रसियामा भइरहेको विश्वकप अन्तर्गत एमिल फोसबर्गले दोस्रो हाफमा गरेको एक मात्र निर्णायक गोलको मद्दतमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन १९९४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

१९९८ र २००२ को विश्वकपमा छनोट नै हुन नसकेको स्वीडेन २००६ मा राउण्ड अफ १६ बाट बाहिरिएको थियो। त्यसपछि लगातार दुई विश्वकपमा छनोट हुन नसकेको स्वीडेन २०१८ विश्वकपको लागि युरोपियन प्लेअफमा ४ पटकको विश्वविजेता इटलीलाई पराजित गर्दै छनोट भएको हो।

साविक विजेता जर्मनी, मेक्सिको र दक्षिण कोरिया रहेको समूहबाट समूह विजेता हुादै अन्तिम १६ मा पुगेको स्वीडेनले तुलनात्मक रुपमा सहज प्रतिद्वन्दी पाएको थियो र त्यसलाई सदुपयोग गर्दै स्वीडेनले अन्तिम ८ को यात्रा तय गर्‍यो। स्वीडेनले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र कोलम्बियाबीचको विजेतासँग खेल्नेछ।

मंगलावर भएको सातौँ प्रिक्वाटरफाइनल खेलमा स्वीडेनले स्वीस टोलीलाई १-० ले हरायो।

सेन्ट पिटर्सवर्गमा भएको खेलको ६६औँ मिनेटमा फोसवर्गले गरेको गोल खेल जिताउन निर्णयक बन्यो। उनको प्रहार स्वीस गोलकिपरलाई लाग्दै गोल भएको हो।

१९३४ को दोस्रो विश्वकप बाट खेल्न थालेको स्वीडेन क्वाटरफाइनल पुगेको यो छैटौँ पटक हो। पहिलो सहभागितामै क्वाटरफाइनल पुगेको स्वीडेन त्यसयता ४ पटक अन्तिम चारमा पुगेको थियो। एक पटक उपविजेता भएको स्वीडेन दुई पटक तेस्रो तथा एक पटक चौथो भएको छ। 
१९९४ मा स्वीडेन बुल्गेरियालाई हराउँदै तेस्रो भएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell