PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कोलम्बिया विरुद्ध इंग्ल्याण्ड अपराजित, १९९८ को विश्वकपमा पनि इंग्ल्याण्ड नै विजयी



पहिलोपोस्ट

कोलम्बिया विरुद्ध इंग्ल्याण्ड अपराजित, १९९८ को विश्वकपमा पनि इंग्ल्याण्ड नै विजयी

रसिया विश्वकपको अन्तिम प्रिक्वाटरफाइनल खेलमा आज राती ११: ४५ बजे इंग्ल्याण्ड र कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ।

सन् १९९६ मा विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसयता भने फाइनलससम्म पनि पुग्न सकेको छैन। यसपटक तुलनात्मक रुपमा सजिलो पोलमा रहेको इंग्ल्याण्ड कोलम्बियालाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न चाहन्छ।

उता कोलम्बिया पनि यसअघिभन्दा फरक नतिजा निकाल्न चाहन्छ इंग्ल्याण्ड विरुद्ध।

यी दुई टोली विश्वकपमा अहिलेसम्म एकपटक मात्र भिडेका छन्। सन् १९९८ मा भएको उक्त खेल इंग्ल्याण्डले २-० ले जितेको थियो। त्यतिखेर डेभिड बेकहम र डारेन एन्टरटनले गोल गरेका थिए। २० वर्षपछि यी दुई पहिलो पटक विश्वकपमा भिड्दैछन्।

पछिल्लो पटक सन् २००५ मा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले ३-२ ले जितेको थियो।

यसअघिको पाँच भेटमा इंग्ल्याण्ड कोलम्बिया विरुद्ध अपराजित छ।


म्याच फ्याक्ट्स





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell