
रसिया विश्वकपको अन्तिम प्रिक्वाटरफाइनल खेलमा आज राती ११: ४५ बजे इंग्ल्याण्ड र कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ।
सन् १९९६ मा विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसयता भने फाइनलससम्म पनि पुग्न सकेको छैन। यसपटक तुलनात्मक रुपमा सजिलो पोलमा रहेको इंग्ल्याण्ड कोलम्बियालाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न चाहन्छ।
उता कोलम्बिया पनि यसअघिभन्दा फरक नतिजा निकाल्न चाहन्छ इंग्ल्याण्ड विरुद्ध।
यी दुई टोली विश्वकपमा अहिलेसम्म एकपटक मात्र भिडेका छन्। सन् १९९८ मा भएको उक्त खेल इंग्ल्याण्डले २-० ले जितेको थियो। त्यतिखेर डेभिड बेकहम र डारेन एन्टरटनले गोल गरेका थिए। २० वर्षपछि यी दुई पहिलो पटक विश्वकपमा भिड्दैछन्।
पछिल्लो पटक सन् २००५ मा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले ३-२ ले जितेको थियो।
यसअघिको पाँच भेटमा इंग्ल्याण्ड कोलम्बिया विरुद्ध अपराजित छ।
म्याच फ्याक्ट्स