PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नारायणगढ-मुग्लिङ सडकखण्डमा पुनः पहिरो, सवारी आवागमन अवरुद्ध



पहिलोपोस्ट

नारायणगढ-मुग्लिङ सडकखण्डमा पुनः पहिरो, सवारी आवागमन अवरुद्ध
फाइल फोटो

रत्ननगरः चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ -मुग्लिङ सडकखण्ड अन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ। ५० मिटरभन्दा लामो पहिरो खसेको छ। पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell