PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

संसदमा कसरी प्रस्तुत हुने? सांसदलाई निर्देशन दिँदै कांग्रेस



पहिलोपोस्ट

संसदमा कसरी प्रस्तुत हुने? सांसदलाई निर्देशन दिँदै कांग्रेस

काठमाडौँः नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बोलाइएको छ। संसद् बैठकमा सांसदहरुको प्रस्तुति तथा समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सरकार सर्वसत्तावादी बन्दै गएकाले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा पनि सरकारका काम कारबाहीको समीक्षा लगायतका विषयमा छलफलका लागि शीर्ष नेताहरुबीच छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell