PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले तय गर्‍यो स्थायी समिति बैठकको एजेन्डा, कांग्रेसलाई काउन्टर दिने तयारी



विधुर ढकाल

बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले तय गर्‍यो स्थायी समिति बैठकको एजेन्डा, कांग्रेसलाई काउन्टर दिने तयारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले भोलि बस्ने स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ।

भोलि ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठकको एजेन्डा तय गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको हो। 

भोलि बस्ने स्थायी समिति बैठकमा दुई अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारको काम कारवाही तथा समसामयिक राजनीतिक अवस्थाबारे रिपोर्टिङ गर्ने एजेन्डा तय भएको छ।

स्थायी समितिका सदस्यलाई यसअगाडिको बैठकमा अध्ययनका लागि दिइएको ‘पार्टी संचालन नियमावली’को विषयमा सुझाव समेत संकलन गर्ने छ।
 
‘पार्टी महासचिव विष्णु पौडेल कार्यदलले दिएको नियमावलीमाथि सुझाव संकलन हुने छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसैका आधारमा नियमावलीलाई अन्तिम रुप दिइने छ।’ 

पार्टीको सांगठनिक एकीकरणको विषयमा पनि छलफल हुने तय भएको छ। 

त्यसैगरी चिकिसा शिक्षा विधेयकको विषयमा सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले घुमाउरो जवाफ दिए। ‘अहिलेको राजनीतिक विषयमा छलफल हुने सुरुमै मैले भनिसकेँ,’ उनले भने।

भोलिको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसलाई 'काउन्टर दिने गरी' छलफल हुने तयारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell