PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

'चितवन प्लस टु अफ द इयर २०१८'को अडिसन जारी



पहिलोपोस्ट

'चितवन प्लस टु अफ द इयर २०१८'को अडिसन जारी

"चितवन प्लस टु अफ द इयर २०१८" को अडिसन जारी छ। असार ९ गते भएको पहिलो अडिसनपछि दोस्रो अडिसन असार २३ गते शनिबार हुँदैछ। पहिलो र दोस्रो अडिसनबाट छानिएकाहरु बीच प्रतिस्पर्धा हुनेछ।

पुरुष र महिलाका लागि दुई फरक प्रतिस्पर्धा हुनेछ। टप वान मिडियाले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरु १६ वर्ष माथिका उच्च माध्यमिक तह पढ्दै गरेको वा कक्षा १२ को परिक्षा दिएर बसेको हुनु पर्नेछ। प्रतियोगिताको विजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित फिल्म, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन्।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने बताइएको छ। ट्रेनरहरुबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनेछन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक रब्स सापकोटाले गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell