PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डाक्टर केसीको एजेन्डालाई कांग्रेसको साथ, ३ सांसद जुम्ला जाँदै 



पहिलोपोस्ट

डाक्टर केसीको एजेन्डालाई कांग्रेसको साथ, ३ सांसद जुम्ला जाँदै 

काठमाडौं : प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसले ३ सांसद जुम्ला पठाउने भएको छ। चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डाक्टर केसीलाई कांग्रेसले एक्यबद्धतासमेत जनाउने छ। जुम्ला जाने सांसदको नाम दिउँसो तय हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए। 

त्यसैगरी वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पनि ३ सदस्यीय सांसदको टोली पठाउने कांग्रेस संसदीय दलको निर्णय छ। 

आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले मृल्यवृद्धि र निष‍ेधित क्षेत्रको विषयमा पनि संसदमा आवाज उठाउने निर्णय गरेको छ। त्यसैगरी चिकित्सा शिक्षा विधेयकको विरोधसमेत गर्ने खाणले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell