PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बलिउड चर्चित अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर



पहिलोपोस्ट

बलिउड चर्चित अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

बलिउडकी चर्चित अभिनेत्री सोनाली बेन्द्रेले सोसल मिडियाबाट आफू क्यान्सरको उपचार गराइरहेको जानकारी गराएकी छिन्। ‘हाइ ग्रेड’ क्यान्सरको उपचार गराइरहेको बताउँदै उनले इन्स्टाग्राम र ट्विटरबार न्युयोर्कमा उपचार गराइरहेको खुलासा गरेकी हुन्।

उनले सोसल मिडियामा जारी गरेको लामो वक्तव्यमा चिकित्सकको निगरानीमा उपचार गराइरहेको र जीवनका हरेक पलका लागि संघर्ष गर्न आफू तयार भएको जनाएकी छिन्। शुभेच्छुक, परिवार र आफन्तको साथले क्यान्सरविरुद्ध लड्न सहयोग पुगेको उनले उल्लेख गरेकी छिन्।

सोनाली बेन्द्रेले बलिउडका चर्चित हस्तीहरुसँग काम गरेकी छिन्। हम साथ साथ है, दिलजले, सरफरोस, दिवाना मे तेरा, डुप्लिकेट, जख्म, दहेक, आग लगायतका फिल्ममा अभिनय गरेकी बेन्द्रे पछिल्लो समय टेलिभिजन सो र सिरियलहरुमा व्यस्त थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell