PahiloPost

May 15, 2026 | १ जेठ २०८३

विश्वकपबाट बाहिरिएपछि जापानका कप्तान हासिब र होन्डाले लिए सन्यास



पहिलोपोस्ट

विश्वकपबाट बाहिरिएपछि जापानका कप्तान हासिब र होन्डाले लिए सन्यास

रसियामा भइरहेको विश्वकप अन्तर्गत बेल्जियमसँग पराजित भएपछि जापानका केसुके होन्डा र कप्तान माकोटा हासिबले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। प्रि-क्वाटरफाइनल खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा जापान ३-२ गोलअन्तरले बेल्जियमसँग पराजित भएको थियो।

होन्डाले भने 'मैले जापानी टोलीबाट आफ्नो करियर सकाए तर म खुसी छु किनभने हाम्रा पछाडी धेरै युवा खेलाडीहरु छन्। उनीहरुले जापनी फुटबलमा नयाँ इतिहास बनाउनेमा म आशावादी छु।'

२००५ देखि अन्तराष्ट्रिय फुटबलमा प्रवेश गरेका होन्डाले भने 'यो मेरो लागि अन्तिम विश्वकप हो। यो वास्तविकता हो। ईमानदार हुदैँ भन्दा म सबैलाई अर्को चरणमा पुर्‍याउन चाहन्थे। तर मैले त्यो काम पुरा गर्न सकिन। म बाट हुन सक्ने मैले सबै गरे। बेल्जियम जितको हकदार हो तर हामीले सक्ने जति हामीले खेल्यौं। म मेरा टोलीका सबैलार्इ धन्यवाद दिन चाहन्छु।' ३२ वर्षिय होन्डाले जापानबाट ९८ खेलमा ३७ गोल गरेका थिए।

रसियामा जापानको कप्तानी सम्हालेका ३४ वर्षिय माकोटा हासिबले २००६ देखि आफूलार्इ साथ दिएका सबैलार्इ धन्यवाद दिदैँ राष्ट्रिय टोलीबाट बिदा लिएका छन्। साथै उनले सबै मिलेर राष्ट्रिय टोलीलार्इ अझ बलियो बनाउनु पर्ने धारणा राखे। जापानबाट ११४ खेलेका हासिबले जापानबाट फुटबल खेल्दा जहिल्यै गर्व महसुस गरेको भन्दै राष्ट्रिय टोलीबाट खेलेको क्षण कहिल्यै नबिर्सने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell