
काठमाडौं : सिंगल थिएटर गुण, अष्टनारायण तथा गंगाहलका संचालकहरु मिलेर फिल्म वितरण गर्ने भएका छन्। नेपाली फिल्म क्षेत्रका पुराना वितरकहरु मिलेर फिल्म वितरण गर्ने भएका हुन्। करिव १५ वर्ष एकल वितरणबाट विश्राम लिएका गगां हल संचालक मदनमान बज्राचार्यले गुण र अष्टसँग मिलेर वितरण कम्पनी 'जी.जी.ए प्राईभेट' खोलेका हुन्।
चलचित्र संघ र निर्माता संघको सम्झौता अनुसार नै कम्पनीले वितरण गर्ने भनिएको छ। मदनमाने भने 'हलले जतिसुकै समयमा पैसा दिए पनि निर्मातालाई हामी फिल्म उत्रेको दुई हप्ता भित्र रकम भुक्तानी गर्नेछौं।'
जी.जी.ए ग्रुपले अशोक शर्माको फिल्म जय भोलेबाट वितरणको काम थाल्नेछ।नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय वितरण कम्पनी खोल्ने होडबाजी नै चलेको छ। संख्यात्मक रुपमा बढेका ती कम्पनीहरुको गुणस्तीय बन्न सकेको छैन।
निर्माता निर्देशकले बनाएको फिल्म वितरक कम्पनीले हलसम्म पर्याउने काम गर्छ। हलले दर्शक समक्ष। यसरी वितरकले केही नाफा लिंदै हललाई फिल्म दिन्छ। फिल्म रिलिज हुने बेलामा सम्पुर्ण अधिकार वितरकले लिएको हुन्छ। त्यसपछि आम्दानीलाई सम्झौता अनुसार वितरक मार्फत निर्माताले पैसा पाउने गर्छ।