PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

३३ किलो सुन प्रकरणमा पछिल्ला अभियुक्तलाई पनि पठाइयो मोरङ, १० दिने म्याद लिएर अनुसन्धान सुरु



सविन ढकाल

३३ किलो सुन प्रकरणमा पछिल्ला अभियुक्तलाई पनि पठाइयो मोरङ, १० दिने म्याद लिएर अनुसन्धान सुरु

काठमाडौं : सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिले पछिल्लो अवधिमा नियन्त्रणमा लिएका पाँच जनालाई मोरङ पठाइएको छ। छानविन समितिले उनीहरुसित बयान लिएपछि बुधवार मोरङ पुर्‍याइएको हो।

मोरङ लगिएकाहरुमा व्यवसायी विमल पोद्धार, प्रवीण अग्रवाल, राजु द्धावर, प्रविण अग्रवाललगायत छन्। जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुविरुद्ध जिल्ला अदालतबाट संगठित अपराधमा आजै १० दिनको म्याद थपगरी अनुसन्धान गरिरहेको डिएसपी निशान्त थापाले जानकारी दिए।

सुन व्यवसायी पोदार डिल्लीबजारमा रहेको कार्यालयबाट समातिएका थिए। उनले तस्करीको सुन बिक्री वितरण गरेको समितिको अनुसन्धानमा देखिएको एक सदस्यले जानकारी  दिए। तर, उनले भने आफू सुन तस्कर नभएको दावी गरेका छन्। समितिका एक सदस्यले भने, 'उनीहरुले बयानमा मुख नै खोलेका छैनन। उनीहरु सुन तस्कर हुन् भन्ने स्वीकार गर्ने पक्षमा छैनन्। तर, हामीसितको प्रमाणले भने तस्करसँगको सम्बन्ध देखाएको छ।'

गत चैत २० गते सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानविन गर्न गठित समितिले अहिलेसम्म ४५ जना भन्दा बढीलाई पक्राउ गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell