PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

ललित स्मृति यू-१८ फुटबलको उपाधिका लागि आर्मी र ब्रिगेड ब्वाइज भिड्ने



पहिलोपोस्ट

ललित स्मृति यू-१८ फुटबलको उपाधिका लागि आर्मी र ब्रिगेड ब्वाइज भिड्ने

काठमाडौं : तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोको कृतिम मैदानमा बुधवार भएको सेमिफाइनलमा बर्मीले मोरङ एफसीलाई २-१ ले तथा ब्रिगेडले फ्रेण्ड्सलाई पेनाल्टीसुटबउटमा ४-२ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन्।

आर्मीका लागि अजय मण्डल र सेसेहाङ आङदम्बेले गोल गरे। मनिष थापाले मोरङका लागि एक गोल गरेपनि हार टार्न सकेनन्।

यस्तै अर्को खेलमा ब्रिगेड र फ्रेण्ड्सले निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट भएको हो। सुटआउटमा बिग्रेड ४-२ ले पराजित गरेको हो।

अब दुई पटकको च्याम्पियन आर्मी र ब्रिगेड ब्वाइज क्लबीच शुक्रबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell