PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

राउण्ड अफ १६ सम्मको खेल भइसक्दा रसिया विश्वकप २०१८ तथ्यांकमा



पहिलोपोस्ट

राउण्ड अफ १६ सम्मको खेल भइसक्दा रसिया विश्वकप २०१८ तथ्यांकमा

रसियामा भइरहेको २०१८ विश्वकपको प्रि क्वाटरफाइनलसम्मका खेलहरु समिएका छन्। ६४ मध्ये ५६ खेल सकिसकेका छन्। अब ८ टोली उपाधि होडमा छन् र ८ खेलपछि नै नयाँ विश्वविजेता छानिनेछ।

राउण्ड अफ १६ सम्मका खेल समाप्त भइसक्दा केही अप्रत्यासित नतिजाहरु आए भने केही कीर्तिमान समेत बने।

फिफा डट कमले ५६ खेलपछि केही तथ्याङ्कहरु तयार पारेको छ।

६० : ६० वर्षपछि फ्रान्सका किलिएन एमबाप्पे ६० वर्षपछि एकै खेलमा २ गोल गर्ने टिनएज खेलाडी बने। सन् १९५८ मा पेलेले उक्त सफलता हात पारेका थिए। यस्तो उपलब्धी हात पार्ने पेले चौथो र एमबाप्पे पाँचौ खेलाडी हुन्।

४८ : ४८ वर्षपछि कुनै पनि टिमले विश्वकपमा २ गोलले पछि परेको स्थिती उल्टाउदा बेल्जिमले अन्तिम १६ को खेलमा जापानलाई ३-२ ले हरायो। १९७० मा पश्चिम जर्मनीले इंग्ल्याण्डसँग २ गोलले पछि परेर पनि ३-२ ले खेल जितेको थियो।

४० : स्वीडेन र स्वीट्जरल्याण्डको खेलपछि विश्वकप हेर्ने दर्शकको संख्या ४० मिलियन पुगेको छ। रसियामा अहिलेसम् २.५८ मिलियनले खेल हेरिसकेका छन् र यो जारी छ। सन् १९९४ मा ३.५९ मिलियन, २०१४ मा ३.४३ मिलियन र २००६ मा ३.३६ मिलियन दर्शकले मैदानमै खेल हेरेका थिए।

३१ : रसियामा अहिलेसम्म भएका १४६ गोलमध्ये ३१ गोल (२१ प्रतिशत) ८० मिनेटपछि भएको छ।

२८ : राउण्ड अफ १६ सम्म कूल २८ पेनाल्टी प्रदान गरिएको थियो। जुन विश्वकपकै कीर्तिमान हो। २८ मध्ये २१ पेनाल्टी गोलमा परिणत भए।

२२ : अहिलेसम्म भएका ५६ मध्ये २२ खेल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। तर त्यसमध्ये एक खेल मात्र गोलरहित बराबरीमा सकियो। ३७ खेलपछि मात्र यस पटक त्यस्तो भएको हो र यो विश्वकपमा अर्को कीर्तिमान हो।

१७ : मेक्सिकोका राफेल मार्क्वेजले १७ विश्वकप खेलमा कप्तानी गर्दै अर्जेन्टिनाका डिएगो म्याराडोनाको कीर्तिमान तोडे। यस्तै उनी पाँच फरक विश्वकपमा आर्मब्याण्ड लगाउने एक मात्र खेलाडी समेत बने भने पाँच विश्वकपमा खेल्ने मेक्सिकोकै एन्टोनीओ कार्वाजल र जर्मनीका लोधार म्याथ्युजपछि तेस्रो खेलाडी बने।

१० : रसिया विश्वकपमा १० आत्मघाती गोल भइसकेका छन्। जुन यसअघि १९९८ मा फ्रान्समा भएको कीर्तिमान ६ भन्दा ४ ले बढी हो। मोरोक्कोका अजिज बाउहाद्दोउज विश्वकपको इतिहासमा ९५औँ मिनेटमा आत्मघाती गोल गर्ने खेलाडी बने। यस्तै रसियामा सर्नेई इग्नाशेभिच आत्मघाती गोल गर्ने सबैभन्दा पाका खेलाडी बने। उनी अर्कंव महिना ३९ वर्ष हुनेछन्।

७ : मेक्सिको लगातार सातौँ पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरियो। मेक्सिकोले साढे ७ घण्टा विश्वकपकमा ब्राजिलसँग खेल्दा अहिलेसम्म गोल गर्न सकेको छैन भने १३ गोल खाएको छ।

६ : इंग्ल्याण्डका कप्तान ह्यारी केनले कप्तानको रुपमा रसियामा ६ गोल गर्दै म्याराडोनाको कीर्तिमान बराबरी गरिसकेका छन्। २४ वर्षीय केनले इंग्लयाण्डबाट एकै विश्वकपमा सर्वाधिक गोल गर्ने ग्यार लिनेकरको कीर्तिमान समेत बराबरी गरे। लिनेकरले १९८६ मा ६ गोल गरेका थिए।

३ : जर्मनी समूह चरण पार गर्न असफल भएपछि लगातार ३ विश्वकपमा डिफेण्डिङ च्याम्पियन समूह चरणबाटै आउट भयो। २०१० मा इटली< २०१४ मा स्पेन सावकि विजेताको रुपमा समह्यू चरणबाटै आउट भएका थिए।

३ : कोलम्बियाका येरी मिना विश्वकपको लगातार ३ खेलमा गोल गर्ने पहिलो डिफेण्डर बने।

२ : विश्वकपमा अहिलेसम्म २ गोलकिपरले पेनाल्टीसुटआउटमा ३ पेनाल्टी रोकेका छन्। क्रोएसियाका ड्यानिएल सुबासिसले डेनमार्क विरुद्ध रसियामा ३ पेनाल्टी रोके। १२ वर्षअघि पोर्चुगलका रिकार्डोले पनि ३ पेनाल्टी रोकेका थिए।

० : विश्वकपको भएको पेनाल्टीसुटआउटमा इंग्ल्याण्डका लागि जर्सी नम्बर ८ लगाउने खेलाडीले गोल गर्न सकेका छैन। क्रिस वाड्डले (१९९०), डेविड बेट्टी (१९९८), फ्रान्स लाम्पार्ड (२००६) र जोर्डन हेन्डरसन (२०१८) सबैले ८ नम्बर जर्सी लगाएका थिए, तर सुटआउटमा पेनाल्टीबाट गोल गर्न सकेनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell