PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

चार टोले गुण्डा प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

चार टोले गुण्डा प्रहरी नियन्त्रणमा

काठमाडौँः काठमाडौँमा गुण्डागर्दी गर्दै आएका चार टोले गुन्डा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार साँझ उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भीमबहादुर थापा, सुरेश डंगोल, रामकुमार घर्ती र राजकुमार ढुङगानालाई नियन्त्रणमा लिएको हो। राजधानीका विभिन्न क्षेत्रमा त्रास फैलाउने, गुण्डागर्दी गरेको अभियोगमा पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। 

डिएसपी थापाले भने’ मानिसलाई त्रास बनाएको र रकम असुली गरेको उजुरी आएपछि नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ।‘ 

उनीहरूले ठमेल, ज्याठा लगायतका क्षेत्रमा सञ्चालित होटेल, रेस्टुरेन्ट लगायतका व्यवसायीहरूलाई डर त्रास देखाएर रकम असुल्दै हिँडेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell