PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

राजपा अध्यक्ष मण्डल विघटन हुने, अब एकमात्र अध्यक्ष रहने



बीपी साह

राजपा अध्यक्ष मण्डल विघटन हुने, अब एकमात्र  अध्यक्ष रहने
फाइल फोटो

काठमाडौँ: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध ६ वटा दल एकीकृत भएर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डल प्रणाली समाप्त हुँदैछ।

राजपा गठनका बेला बनाइएको पार्टीको विधान मै अध्यक्ष मण्डल प्रणालीको व्यवस्था गरिएको थियो। तर आज बस्ने राजनीतिक समितिको बैठकले पार्टीको विधानबाट उक्त व्यवस्था हटाउँदैछ।

यसअघि बसेको राजनीतिक समितिको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको प्रणाली हटाउन माग गरेको थियो। जसअनुरुप लक्ष्मणलाल कर्ण, सर्बेन्द्रनाथ शुक्ला र बृषेश चन्द्र लाल सम्मिलित विधान संशोधन समिति गठन गरिएको थियो।

उक्त समितिले अध्यक्ष मण्डल रहने प्रणाली समाप्त गरी र एक अध्यक्ष हुने व्यवस्थासहितको संशोधन राजनीतिक समितिमा पेस गर्दैछ।

आज अध्यक्ष अध्यक्ष मण्डलको बैठकबाट संशोधित विधानलाई पारित गरी राजनीतिक समितिको बैठकमा लग्नेछ। 

आज दिउँसो एक बजेपछि राजनीतिक समितिको बैठक बस्न लागेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पहिलोपोस्टलाई बताए। 

यादवका अनुसार पार्टीको विधानसहित संसदीय दलको विधानसमेत पारित हुने सम्भावना रहेको छ।

यसैगरी पार्टीको पहिलो महाधिवेशनको तयारीका विषयमा छलफल हुने यादवले बताए।

पार्टी गठनको एक वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि तोकिएको समयमा महाधिवेशन नभई एक वर्ष ढिलो महाधिवेशनको मिति तय गरिएको छ। राजपाले हालसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell