PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

रसिया विश्वकपमा क्वाटरफाइनल पुग्ने ८ टोलीका अनसङ हिरोज



पहिलोपोस्ट

रसिया विश्वकपमा क्वाटरफाइनल पुग्ने ८ टोलीका अनसङ हिरोज

हरेक सफल टिमको पछाडी धेरै जनाले काम गरिरहेका हुन्छन्। भेट्रान खेलाडी र एसिस्टेन्ट कोचले पनि ठूलो भूमिका खेल्छन्।

फिफा डट कमले रसिया विश्वकपमा उपाधि होडमा बँकी रहेका ८ टोलीको पनि यस्तै अनसङ हिरोजको बारेमा रिपोर्ट तयार गरेको हुन्छ। प्रत्येक टोलीका एक खेलाडी/ प्रशिक्षक/ फिजियो? म्यानेजर लाई फिफाले पर्दा पछाडीको नायकका रुपमा प्रस्तुर गरेको छ।

 

उरुग्वे (म्याक्सिमिलियानो परेइरा)

रसिया विश्वकपमा उनले कुनै खेल खेलेका छैनन् तर उरुग्वेका कीर्तिमान  खेल खेलेका परेइराको प्रभाव उरुग्वेली टिममा धेरै छ। 'उनी हाम्रो टिमको लागि धेरै महत्वपूर्ण खेलाडी हुन् र अझै पनि हुनेछन् यद्यपी उनले अहिले खेलेका छैनन्।' कप्तान डिएगो गोडिनले भने। 'उनको अनुभवले युवाहरुलाई धेरै सहयोग गर्छ।'

 

फ्रान्स (गाए स्टेफन)

डिडिएर डेसच्याम्पस दोस्रो नम्बरको कोच गाए स्टेफन कन्फिडेन्ट छन्। उनले सन् २००० देखि डेसच्याम्पलाई चिनेका छन् र ६ वर्ष देखि लेस ब्लुजको टिमा डेसच्याम्पको सहयोगीको रुपमा काम गरिरहेका छन्। 'टिमको क्यापमा उनी फादर फिगर हुन्। उनी जस्तो मान्छे धेरै कम मात्रामा छन्। उनलाई व्याख्या गर्न ३ शब्द पर्याप्त हुदैन।' फ्रेन्च फुटबल फेडेरेसनका प्रेसिडेन्ट नोएल ले ग्राएटले भनेका छन्।

 

ब्राजिल (क्लेबर ज्याभिएर)

ब्राजिलको एसिस्टेन्ट कोच क्लेबर ज्याभिएरले हेड कोद्ब टिटेसँग १७ वर्षदेखि संगै काम गर्दै आएका छन्। ज्याभिएरले टिटेसँगै प्रेस कन्फ्रेन्समा उपस्थिती जनाउँदै आएका छन्।

'म काम गर्ने मान्छे हुँ टिमेसँग आइडिया छ। टिटे सेन्ट्रल फिगर होइनन् त्यसैले म सेकेण्ड कोच जस्तै हुँ, समान शक्तिसहित जतीखेर टिटेले अन्तिम शब्द बोल्नेछन्।' ज्याभिएरले भने।

 

बेल्जियम (एक्सल विटसल)

मैदान बाहिरदेखि पिचसम्म विटसलको महत्व बेल्जियम टिमको लागि नकार्न सकिन्न। डिप मिडफिल्डमा खेल्ने विटसले भर्सटाएल रुपमा खेल्छन् जुन कोचले मन पराउँछन्। 'शान्त रहनु मेरो प्रकृति हो। यसले हामीलाई पिचमा सहयोग गर्छ।' विटसलले भने।

 

रसिया (युरी झिर्कोभ)

आयोजकलाई अन्तिम आठ सम्म पुर्‍याउन भेट्रान युरी झिर्कोभको पनि भूमिका छ। उनी घाइते भएका कारण रसियाको आगामी खेल खेल्नेमा शंका छ।

 

क्रोएसिया (इभा ओलिभारी)

ओलिभारी क्रोएसियाका टिम म्यानेजर हुन्। विश्वकपमा कुनै पनि नेशनल टिमको बेन्चमा बस्ने पहिलो महिला समेत हुन्। यू-१४ लेभलका पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेकी ओलिभारी टिमको सबै व्यवस्थापन सम्हाल्छिन्। उनले सन् १९९२ देखि क्रोएसियन फुटबल फेडेरेसनका लागि काम गर्दै आएकी छिन्। 'इभा साँच्चै राम्रा व्यक्ति हुन्।' क्रोएसियाका ड्याएल सुबासिसले भनेका छन्। 'उनी सँधै हामीसँग हुन्छिन्।'

 

स्वीडेन (डानिएल एकभाल)

स्वीडेनको सफलताको पछाडी धेरै हात स्पोर्ट्स मनोविज्ञान एड्भाइजर डानिएल एकभालको छ। उनकै सहयोगका कारण टिममा एकता छ र मानसिक रुपमा बलियो छन्।

 

इंग्ल्याण्ड (एलान रसेल)

रसिया विश्वकपमा थ्री लायन्सले एट्याकिङ कोच एलान रसेलको सहयोगका कारण सफलता हात पारिरहेको छ। इंग्ल्याण्ड गोल गर्नुमा उनले पनि आफ्नो दक्षयता देखाएका छन्।

'यो लेभलमा थोरै मात्र व्यक्ति छन् जसले शुक्ष्म रुपमा काम गर्छन्।' म्यानेजर ग्यारेथ साउथगेटले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell