PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

यस्तो बनेर आयो 'रोमियो एण्ड मुना'को गीत



पहिलोपोस्ट

यस्तो बनेर आयो 'रोमियो एण्ड मुना'को गीत

काठमाडौं : फिल्म 'रोमियो एण्ड मुना'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले यूट्युब मार्फत फिल्मको 'साँझ पर्‍यो' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

गीतमा फिल्मका मुख्य कलाकार सृष्टी श्रेष्ठ र विनय श्रेष्ठ फिचर्ड छन्। कालीप्रसाद बास्कोटाको संगीत र एकतारेको शब्द तथा गौरव डगाओंकरको स्वर रहेको छ।

नरेश कुमार केसी निर्देशित फिल्मममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको अभिनय रहेको छ। साउन ११ बाट प्रदर्शनमा आउने फिल्मलाई प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell