PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

विश्वकपमा फ्रान्ससँग अहिलेसम्म हारेको छैन उरुग्वे, फ्रान्सले तोड्ला इतिहास?



पहिलोपोस्ट

विश्वकपमा फ्रान्ससँग अहिलेसम्म हारेको छैन उरुग्वे, फ्रान्सले तोड्ला इतिहास?

शुक्रवारदेखि फिफा विश्वकप २०१८ को क्वाटरफाइनल खेलहरु शुरु हुँदैछ। पहिलो खेलमा दुई पूर्व विजेता उरुग्वे र फ्रान्स आमने सामने हुँदैछन्।

यो खेलपछि एक पूर्वविजेता क्वाटरफाइनलबाट बाहिरिनेछ। प्रतियोगिताकै उत्कृष्टमध्येको खेलमा दुई पटकको पूर्व विजेता अर्जेन्टिनालाई ४-३ ले पराजित गर्दै फ्रान्स क्वाटरफाइनल पुगेको हो भने उरुग्वेले पोर्चुगललाई २-१ ले हराएको थियो।

फ्रान्सका लागि किलिएन एमबाप्पे र उरुग्वेका लागि एडिनसन कभानीले २-२ गोल गरेका थिए।

गोल्डेन बुटको होडमा रहेका यी दुवैले अहिलेसम्म समान ३ गोल गरेका छन्। इंग्ल्याण्डका कप्तान ह्यारी केन ६ गोलसहित गोल्डेन बुटको सबैभन्दा ठूलो दाबेदार छन्।

उरुग्वे र फ्रान्स दुवैले प्रि क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उरुग्वेले समूह चरणमा सबै ३ खेल जितेको थियो भने कुनै गोल खाएको थिएन। उरुग्वेले पोर्चुगल विरुद्ध मात्र एक गोल खाएको हो।

समूह चरणमा एक गोलमात्र खाएको फ्रान्सले भने कूल ४ गोल खाएको छ।

अर्जेन्टिना विरुद्ध २ गोल गरेका पिएसजीका फरवार्ड किलिएन एम्बाप्पेसँगै एन्टोनी ग्रीमन, ओलिभर जिरुड जस्ता खेलाडी फ्रान्सको अग्रपङ्तिमा छन्। यस्तै पउल पोग्वा, कान्टे र मटुइडी वस्ता खेलाडी मिडफिल्डमा छन्।

उता बार्सिलोनाका फरवार्ड लुइस सुबारेज र एमबाप्पेसँगै पिएसजीमा खेल्ने एडिनसन कभानी उरुग्वेको मुख्य हतियार हुनेछन्। यी दुईको जोडी गोल गर्न माहिर छ। यस्तै एट्लेटिको मड्रिडका डिएगो गोडिनको नेतृत्वमा उरुग्वेको डिफेन्स लाइन मजबुत छ।

फ्रान्स र उरुग्वे विश्वकपमा अहिलेसम्म ३ तथा समग्रमा ८ पटक भिडेका छन्। रसियामा यी दुई टोली चौथो पटक विश्वकपमा आमनेसामने हुन लागेका हुन्।

विश्वकपको ३ वटै खेलमा उरुग्वे अपराजित छ। सन् १९६६ को विश्वकपको पहिलो चरणमा उरुग्वेले फ्रान्सलाई २-१ ले हराएको थियो। २००२ र २०१० मा भएको समूह चरणको खेल भने गोलरहित बराबरीमा सकिएको थियो।

अहिलेसम्मको ९ भेटमा उरुग्वे ३ पटक विजयी भएको छ भने फ्रान्सले १ खेलम त्र जितेको छ। बाँकी ४ खेल बराबरीमै टुङ्गिएको थियो।

फ्रान्सले १९८५ को अर्टेमिओ फ्रान्सी कपमा उरुग्वेलाई २-० ले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell