
काठमाडौं : फिल्म 'कहिँ कतै'का तीन पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा अभिनेता दिलीप रायमाझी नवकलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपा फिचर्ड छन्।
साउन २५ मा प्रदर्शन हुने फिल्मका एक पोस्टरमा कलाकार किशोर खतिवडा र निर्मात्री उमा पनि फिचर्ड छन्। साउन २५ मा प्रदर्शन हुने फिल्मका डेब्यू कलाकार सिवानी र सोनम सिक्कीम बासी हुन्।
फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई शवीर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन्।