PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको नेतृत्व हुन सक्दैन : नेपाली कांग्रेस



नेत्र तामाङ

दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको नेतृत्व हुन सक्दैन : नेपाली कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाएको छ।

सरकारका पछिल्ला गतिविधिलाई लिएर आज कांग्रेसले गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको नेतृत्व हुन सक्दैन ।’

सरकारविरुद्ध १३ बुँदै आरोप लगाउँदै कांग्रेसले भनेको छ – द्वन्द्वका लागि सरकारले प्रतिपक्षीलाई खुला आमन्त्रण गरेको छ। 

हिजोमात्रै मन्त्रिपरिषदले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गरेको विषयलाई कांग्रेसले विधि विपरित ठहर्‍याएको छ।

प्रवक्ता शर्माले सरकारको ‘मुखमा लोतन्त्रको रामराम, बगलीमा स्टालिनवादको धङधङी’ रहेकोसमेत आरोप लगाए। अघिल्लो सरकारले विभिन्न पदमा नियुक्ति गर्दा प्रकृया पूरा गरेर र तथा निर्वाचन आयोगको अनुमतिमा मात्र पदीय जिम्मेवारी दिएको दावी गरे। ‘नियुक्ति वदरभन्दा पनि यो कानुन र विधिविरुद्ध सरकारको बदनियत हो,’ उनले भने।

सरकारविरुद्ध कांग्रेसले के भनेको छ त? पढ्नुस् :

सरकारप्रति कांग्रेसको १३ बूँदे आलोचना : मुखमा लोकतन्त्रको राम राम बगलिमा स्टालिनवादको धङधङगी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell