PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

'कस्मिक लभ'को छायाँकन बज्रबाराहीमा



पहिलोपोस्ट

'कस्मिक लभ'को छायाँकन बज्रबाराहीमा

काठमाडौं : फिल्म 'कस्मिक लभ'को छायाँकन धमाधम भइरहेको छ। निर्माण टिमले छायाँकन स्थलबाट केही तस्विरहरु सार्वजनिक पनि गरेका छन्।

यतिखेर ललितपुरको बज्रबाराहीमा फिल्मको छायाँकन भइरहेको छ। असार ११ बाट फिल्मको छायाँकन सुरु भएको थियो। मुभी मेकर्सको ब्यानरमा बन्ने फिल्ममा अर्पण थापा, प्रशान्त ताम्राकार, रोबिन तामाङ दिया मास्के लगायतको अभिनय रहेको छ।

फिल्ममा जय गौतमको लगानी रहेको छ। कार्यकारी निर्माताका रुपमा डि.एन. दाहाल छन्। बि.एस बलामी तथा एस. अधिकारी निर्देशित  फिल्ममा नव कलाकार ‍रिजन थापा तथा पुजन थापाको अभिनय पनि रहनेछ।

फिल्ममा सुरेश बज्रचार्यको छायाँकन, शेखर ज्ञवालीको लेखन, बाबुल गिरीको संगीत र बाबु साहेबको एक्सन रहने छ। फिल्ममा कविरराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell